सदनका दुई वर्ष

नागरिकका अपेक्षाहरुलाई मूर्तरूप दिने सङ्कल्पको परिमाणात्मक चरणसम्म पुर्याउन सक्ने संसद जस्तो गरिमामय स्थानमा पुग्न यहाँहरुले राख्नुभएको सद्भाव सहितको समर्थनले प्राप्त प्रतिनिधि सभा सदस्यको जिम्मेवारी प्राप्त गरेको दोस्रो वर्ष पूरा भई निरन्तर अगाडी बढीरहेको छ । संसदको अधिवेशने दोस्रोबाट तेस्रो वर्षमा प्रवेश गर्दैगर्दा पार्टीको भूमिका प्रतिपक्षबाट सत्तापक्षीय र मेरो व्यक्तिगत भूमिका सांसद सहित सचेतकको समेत भएको छ । यसका लागि म नेतृत्वप्रति कृतज्ञ छु ।
सार्वजनिक पद धारण गरेको व्यक्ति त्यसमाथी राजनीतिमा संलग्न व्यक्तिको प्रमुख जिम्मेवारी भनेको पारदर्शीता एवं जवाफदेहिता हो भन्ने मैले मानेकी छु । राज्य संचालनको अंगमा रहेर जनतालाई प्रतिनिधित्व गर्न पाउने अवसर आफैमा विशेष र जिम्मेवारीको हिसाबले असाध्यै महत्वपूर्ण रहने हुँदा देश र जनताप्रतिको जवाफदेहितामा म प्रतिबद्द समेत छु ।
२०७९ मंसिर ०४ गते सम्पन्न चुनावबाट नेकपा (एमाले) को तर्फबाट समानुपातिक सांसदको रूपमा ग्रहण गरी सांसदकोरूपमा जिम्मेवारी ग्रहण गरेको दुई वर्र्ष पूरा भई निरन्तर अगाडी बढीरहेको छ । प्रतिनिधिसभाको सदस्यकोरूपमा मेरो जिम्मेवारीलाई मैले प्रयासहरुको मूर्त कार्यान्वयनको चरणसम्म पुर्याउने संकल्पको रूपमा लिएकी छु । सांसदको भूमिकामा मेरो यि दुई वर्षहरुलाई मैले लामो समय विद्यार्थी आन्दोलन र विकासका विभिन्न अवयवको प्रत्यक्ष साक्षीको अनुभवलाई नीति निर्माणको व्यवहारिक तहमा कार्यान्वन गर्ने र सिक्ने अवसरका रूपमा उपयोग गरेकी थिएँ र त्यसैको निरन्तरतालाई थप मजबुद बनाउन तेस्रो वर्षलाई उपयोग गर्ने संकल्प लिएकी छु ।
दोस्रो वर्षको कार्यकालमा मैले बैठक तथा कार्यक्रमहरुमा सहभागि हुँदा नीतिगत र सार्वजनिक महत्व एवं चासोका विषयलाई समष्टिमा यसै रिपोर्ट मार्फत सार्वजनिक गरेकी छु ।