२०८२/०३/०७
विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू माथि जारी छलफल अन्तर्गत परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लगायतका मन्त्रालयहरुको विभिन्न शीर्षकहरू माथिको छलफलमा सहभागी हुदै ।
संसद मजाक होइन! अफवाह फैलाउने, झूठो आरोप लगाउने र अरूको कुरा नसुन्ने थलो होइन यो। जनताको मत लिएर गएकाहरूले जब संसदलाई व्यक्तिगत आक्रोश, द्वेष र नाटकको थलो बनाउँछन्, तब लोकतन्त्र नै अपमानित हुन्छ। संसदको गरिमा जोगाउन सबै जिम्मेवार बनौं!